नाडाले भन्यो-‘अन्त:शुल्क छुटले अब एसेम्बल उद्योगको उदय हुन्छ, बाइक १० हजार रुपैयाँ सस्तिन्छ’

बिजमाण्डू
२०७८ भदौ २७ गते २०:१० | Sep 12, 2021
नाडाले भन्यो-‘अन्त:शुल्क छुटले अब एसेम्बल उद्योगको उदय हुन्छ, बाइक १० हजार रुपैयाँ सस्तिन्छ’

काठमाडौं। सरकारले बजेट प्रतिस्थापन मार्फत एसेम्बली प्लान्ट स्थापनाका लागि ५० प्रतिशत छुटले निकट भविष्यमा मुलुकमा अटोमोवाइल उद्योगको उदय हुने नेपाल अटोमोवाइल्स डिलर एशोसिएसनले जनाएको छ।

Tata
GBIME
Nepal Life

संघले एक दशक अघि गरेको प्रस्ताव अहिले कार्यान्वयनमा आएको बताउँदै यसले मुलुकमै सवारीसाधनको एसेम्बलको युग सुरु हुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए।

नेपालमै एसेम्बली प्लान्ट संचालनमा आएसँगै दुई पाङ्ग्रे सवारीसाधनको मूल्यमा न्यूनतम १० हजार हजार रुपैयाँ सस्तो पर्ने उनले बताए।  'यस अगाडि हामीलाई २५ प्रतिशत मात्र छुट दिइएको थियो। यसबाट हाम्रो उत्पादन खर्च नै पुग्दैनथ्यो। अब उद्योगी र ग्राहक सबैले राहत पाउँछन्। र एसेम्बली प्लान्ट नखोलेका कम्पनीले पनि खोल्नुपर्ने अवस्था आएको छ,' उनले भने। नाडाले बाइकको सीसी परिर्तन गर्दै सडक निर्माण दस्तुर र अन्त:शुल्क बढाएकोमा भने विरोध जनाएको छ।

'कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनको विकल्पमा मोटरसाइकलको प्रयोगमा अत्याधिक वृद्धि भएको समयमा हत्तोसाहित गर्ने काम भएको छ,'अध्यक्ष दुलालले भने।

सरकारले उद्योग संचालनलाई प्रोत्साहन गर्ने बजेट ल्याएपनि इन्ट्री लेवलको बाइकलाई पावर सेगमेन्टसँग गाभेर अन्त:शुल्कको प्रावधान ल्याउन नहुने नाडाका उपाध्यक्ष करण चौधरीले बताए।

१२५ देखि १५५ सीसी इन्जिन युक्त दुईपाङ्ग्रे सवारीसाधनलाई प्रोत्साहन गर्न आवश्यक रहेको उपाध्यक्ष चौधरीले बताए। 'अहिले १२५ देखि २०० सीसी सेग्मेन्टका बाइकलाई एकै ठाउँमा गाभिदिएको छ। आज १५५ सीसी सम्मको बाइकलाई २०० सीसीको पावर सेग्मेन्टसँग जोडिदिँदा कम कमाई  र मध्यमम वर्गलाई गाभिएको छ,' उपाध्यक्ष चौधरीले भने।