लकडाउनले पोखरासहित गण्डकीका पर्यटन ब्यवसायी कति समस्यामा? राष्ट्र बैंक भन्छ- साझेदार खोज्दै

बिजमाण्डू
२०७८ भदौ २७ गते १७:३१ | Sep 12, 2021
लकडाउनले पोखरासहित गण्डकीका पर्यटन ब्यवसायी कति समस्यामा? राष्ट्र बैंक भन्छ- साझेदार खोज्दै

काठमाडौं। कोभिड-१९ को पहिलो लहरसँगै देशभर गरिएको लकडाउनले पोखरा केन्द्र रहेको गण्डकी प्रदेशमा ९७.९ प्रतशित ब्यवसाय बन्द भएको छ। राष्ट्र बैंकले आइतबार अलिक पुरानो अध्ययन सार्वजनिक गर्दै लकडाउनपछि भने बन्द हुने पर्यटनसँग सम्बन्धि ब्यवसाय १३.२ प्रतिशतमा आएको जनाएको छ।

Tata
GBIME
Nepal Life

बन्दाबन्दीअघि गण्डकीको पर्यटन उद्योगमा कुल कर्मचारी/कामदारमध्ये अस्थायी/ज्यालादारी ९०.५ प्रतिशत थिए। लकडाउनपछि ५३.०१ प्रतशितले जागिर गुमाएका थिए। 

जागिर जानबाट जोगिएकाहरुको तलब सुविधा भने कटौती भएको थियो। उनीहरुको तलब सुविधा ५७.३ प्रतिशतले कटौती भएको थियो। 

बन्दाबन्दी अवधिमा ५१ प्रतिशतले बेतलबी बिदा दिएका थिए। २५.१ प्रतिशतले आंशिक तलव दिएका थिए।

लकडाउन सुरु भएदेखि सर्वेक्षण अवधिसम्म संलग्न ब्यवसायीहरुमध्ये सबैभन्दा धेरै (एक करोडभन्दा बढि) गुमाउने ब्यवसायी ६.१ प्रतिशत र सबैभन्दा कम (तीन लाखसम्म) गुमाउने ब्यवसायी ३.९ प्रतिशत रहेको छ। 

सर्वाधिक ३३.६ प्रतिशत ब्यवसायले १० लाखदेनि २० लाखसम्म, २२.९ प्रतिशत ब्यवसायले २० लाखदेनि ५० लाखसम्म र २१.४ प्रतशतिले ३ लाखदेखि १० लाख रुपैयाँसम्म गुमाएका छन्। ५० लाखसम्म गुमाउने ब्यवसायीको संख्या ८१.८ प्रतिशत छ। आम्दानी नगुमाउने ब्यवसायी ०.४ प्रतिशत छ।

बन्द भएका उद्योगमध्ये ८३.९ प्रतिशतले ब्यवसायलाई निरन्तरता दिने बताएका छन्। २.९ प्रतिशतले हालको ब्यवसाय बन्द गर्न चाहेको बताएका छन्। 

१.८ प्रतशितले साझेदार खोज्ने, १.४ प्रतशितले ब्यवसायको आकार घटाउने, ४.६ प्रतशितले नयाँ ब्यवसाय सुरु गर्ने, ३.२ प्रतशतिले ब्यवसाय बिक्री गर्न चाहेको र २.१ प्रतशितले आधार बढाउन चाहेको जबाफ दिएको राष्ट्र बैकको अध्ययन उल्लेख छ।