बजेटपछि बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार, बढेर सर्किट लाग्नेमा जलविद्युत धेरै

बिजमाण्डू
२०७८ भदौ २७ गते १५:१३ | Sep 12, 2021
बजेटपछि बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार, बढेर सर्किट लाग्नेमा जलविद्युत धेरै


काठमाडौं। बजेट प्रतिस्थापन विधेयक आएपछि सेयर बजारले ७१.४३ अंकले बढेको छ। सुरुवातबाटै उकालो लागेको बजारले २९४७ अंकलाई छोएको हो।

Tata
GBIME
Nepal Life

अघिल्लो साता बजार घट्दा भन्दा आइतबार बजार बढ्दा कारोबार रकममा पनि सुधार देखिएको छ। २३१ कम्पनीको सेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ।

बजार बृद्धिसँगै १० कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। दश कम्पनीमध्ये सात कम्पनी जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ। अन्य समूहतर्फ सानिमा लाइफ, फर्स्ट माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनी छन्।

आइतबार सामूहिक लगानी कोष समूहबाहेक सबै समूहको सेयर मूल्य बढेको छ। निर्जीवन बीमा कम्पनी ४२४ अंकलेब ढेको छ भने उत्पादनमूलकको करिव ३०० अंकले बढेको छ। बाणिज्य बैंक समूह पनि २४ अंकले समेत बढेको छ। जलविद्युत समूह २१३ अंकले बढेको छ। 

बजारमा सर्वाधिक कारोबार अरुण भ्यालीको ७३ करोड ७७ लाख रुपैयाँको भएको छ। यसपछि युनाइटेड मोदी हाइड्रोको ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ।