अग्नि आस्थाले चार वटा ‘युज्ड’ गाडीको शोरुम खोल्यो, महिन्द्राका प्रयोग भइसकेका गाडी बेच्ने

बिजमाण्डू
२०७८ भदौ २६ गते ०४:३७ | Sep 11, 2021
अग्नि आस्थाले चार वटा ‘युज्ड’ गाडीको शोरुम खोल्यो, महिन्द्राका प्रयोग भइसकेका गाडी बेच्ने


काठमाडौं। अग्रि आस्था प्राइभेट लिमिटेडले प्रयोग भएका(युज्ड) महिन्द्रा गाडीको पहिलो आधिकारिक सर्टिफाइड शोरुम खोलेको छ। अग्रि समूहको सहायक कम्पनी आस्थाले काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकै पटक महिन्द्रा गाडीका बिक्री, सेवा र स्पेयर पार्ट्सको सेटअपसहितको शोरुम खोलेको हो।

Tata
GBIME
Nepal Life

नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पार्टस सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त(सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलो पटक हो।

अबदेखि ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।ग्राहकहरूलाई थप सुविधाजनक र किफायती बनाएर प्रमाणीकरणयुक्त महिन्द्रा सवारी साधनहरू र यसका गुणस्तरीय सेवाहरूमा पहुँचको थप सुविधा प्रदान गर्ने उदेश्यले शोरुम खोलेको कम्पनीले जनाएको छ।

अहिले महिन्द्राको युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा बिक्री गरिने कम्पनीले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठले प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधन लोकप्रिय रहेको बताउँदै नेपालमा पहिलो पटक त्यही अवधारणामा ल्याइएको बताए। उनका अनुसार प्रयोग भइसकेपनि नयाँ अवस्थाको जस्तै गाडी उपलब्ध गराउनेछ।

कम्पनीका अनुसार प्रयोग भइसकेका सवारी साधनहरू २०० चेकप्वाइन्ट निरीक्षणसहित १२/७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री (एक्सेसरिज), बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधासहितपाउन सक्नु हुनेछ।

प्रयोग गरिएको कारले निश्चित रूपले पैसा पनि बचाउने र ग्राहकहरूले आफूले चलाइरहेको वर्ग (सेग्मेन्ट)का लागि डिप्रिसियसनको तनावबाट मुक्त भइ स्तरवृद्धि गर्न सक्ने उनले बताईन्।