संसद बैठक बस्दै : बजेट अध्यादेश पेश हुँदै, सामाजिक सुरक्षा संशोधन विधेयक पनि प्रस्तुत हुने

बिजमाण्डू
२०७८ भदौ २३ गते ०९:५२ | Sep 8, 2021

काठमाडौं। संघीय संसदको दुबै सभाको बैठक आज बस्दै छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबै सदनको बैठक दिउँसो ४ बजेका लागि डाकिएको छ।

Tata
GBIME
Nepal Life

सरकारको सिफारिसमा राष्ट्रपित विद्यादेवी भण्डारीले दुबै सदनको बैठक आह्वान गरेकी हुन्। सरकारले यसअघि साउन ३२ गते दुबै सदनको बैठकको अन्त्य गरेको थियो। यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए।

दल विभाजन सम्बन्धी अध्यादेश आएर दुई पार्टी विभाजन भइसकेको छ।

यस्ता छन् आजका सम्भावित कार्यसूची

आजको प्रतिनिधि सभाका सम्भावित कार्यसूचीमा ३२ वटा सूची तयार छ। यसमा सबैभन्दा बढी विषयहरु अध्यादेशसम्बन्धी नै छन्।

पहिलो विषयमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ। त्यसपछि अध्यादेशसम्बन्धी बुँदाहरु रहेका छन्।