९१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सेती नदी-६ जलाशययक्त परियोजनाको काम अगाडि बढ्यो

बिजमाण्डू
२०७८ भदौ २३ गते ०९:१६ | Sep 8, 2021
९१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सेती नदी-६ जलाशययक्त परियोजनाको काम अगाडि बढ्यो

काठमाडौं। करिब ९१ अर्ब रुपैयाँ लागतको सेती नदी-६ जलाशययुक्त परियोजनाको काम अगाडि बढेको छ। ३०८ मेगावाट क्षमताको परियोजनामा सुदूरपश्चिम प्रदेशको डोटी र अछाममा पर्छ। 

Tata
GBIME
Nepal Life

परियोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम भइसकेको छ। परियोजनाले प्राप्त इआइएमाथि रायसुझाव माग गरेको छ। परियोजनाले स्थानीयसँग सात दिनको समय दिएर सुझाव माग्न थालेको हो। परियोजना निर्माणका लागि स्थानीयको जग्गा अधिग्रहण गर्न मात्रै ४५ करोड रुपैयाँ मुआब्जा तिर्नुपर्ने हुन्छ।

प्रतिवेदन अनुसार, यसको डिजाईन डिस्चार्ज ३०० घन मिटर प्रति सेकन्ड रहेको छ। यस आयोजनाका संरचना ३२५ मिटर लामो वाध, १५० मिटर लामो पेनस्टक पाइप, ८५.३० मिटर लामो र १५ मिटर चौडाइ भएको भिमगत विद्युत गृह, ३४० मिटर लामो टेलेरेस आदि रहेका छन्।

आयोजना निर्माणको लागि १०१२३ हेक्टर वन क्षेत्रका २९८ हेक्टर निजी जग्गा आवश्यक पर्ने देखिन्छ। निर्माणको क्रममा ८२२५९ पोल र ३२३४३ रुख गरी जम्मा ११४६०२ प्रजातिका रुखहरु क्षति हुने देखिन्छ।