कोरियाली टेक जाइन्ट सामसङको खुद नाफा ७३ प्रतिशतले बढ्यो, सञ्चालन नाफा १३ खर्ब रुपैयाँ

बिजमाण्डू
२०७८ साउन १४ गते १४:२२ | Jul 29, 2021
कोरियाली टेक जाइन्ट सामसङको खुद नाफा ७३ प्रतिशतले बढ्यो, सञ्चालन नाफा १३ खर्ब रुपैयाँ


Tata
GBIME
Nepal Life

काठमाडौं। संसारको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले सन् २०२१ को दोस्रो त्रैमासमा ७३.४ प्रतिशतले खुद नाफा बढाएको छ। 

कोरियाली टेक जाइन्ट सामसङले सन् २०२१ को अप्रिलदेखि जुनको त्रैमासमा ९६ खर्ब दक्षिण कोरियाली वोन (९९ खर्ब ३६ अर्ब रुपैयाँ) कमाएको जनाएको छ। 

कोरोना महामारी पछि मेमोरी चिपको माग अत्यधिक भएर मूल्य बढ्दा त्यसको प्रत्यक्ष फाइदा सामसङको नाफामा देखिएको कम्पनीले जनाएको छ। 

महामारीका कारण बढ्दो 'वर्क फ्रम होम' कल्चरका कारण सामसङका डिभाइसले कम्पनीले उत्पादन गर्ने मेमोरी चिपको माग बढिरहेको छ।
कम्पनीका अनुसार मेमोरी चिपको सिपिङ अघिल्लो त्रैमासहरुको तुलनामा बढ्नुका साथै अपेक्षा गरिए भन्दा बढी मूल्यवृद्धि भएको जनाएको छ।

कम्पनीको सञ्चालन मुनाफा ५४.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ८१ खर्ब वोन (८ खर्ब रुपैयाँभन्दा बढी) सञ्चालन मुनाफा गरेको सामसङले अहिले १२.६ ट्रिलियन वोन (१३ खर्ब रुपैयाँ) कमाएको छ। सञ्चालन मुनाफाको आधाभन्दा बढी हिस्सा सामसङले सेमिकन्डक्टरको व्यापारबाट कमाएको बताइएको छ।

कोरोना महामारीका कारण वितरण प्रणालीमा परेको असरका कारण कम्पनीको ओरालो लाग्दो स्मार्टफोन व्यापारका बाबजुद कम्पनीले खुद नाफा कमाएको हो। (एजेन्सीको सहयोगमा)