उर्जामन्त्रीले फेरि भनिन्: बिजुलीको महसुल घटाउनुपर्छ, २० युनिटसम्म निःशुल्क दिने पक्षमा

बिजमाण्डू
२०७८ साउन १४ गते १२:५४ | Jul 29, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो रहेको  बताएकी छिन्।

नेकपा (माओवादी केन्द्र) धनुषा शाखाले आयोजना गरेको  सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन्।

केहीदिन अघि पनि उनले बिजुलीको महसुल बढी भएको भन्दै मूल्य समायोजन गर्नुपर्नेमा जोड दिएकी थिइन्।

जनकपुरमा मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्ने भन्‍दै निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरि गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताइन्।