शेयर विवादबारे सेबोन अध्यक्ष ढुंगानालाई स्पष्टिकरण सोध्दै अर्थको पत्र, तीन दिनभित्र जवाफ माग

बिजमाण्डू
२०७८ साउन १४ गते १२:२२ | Jul 29, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको नाममा किनेको भनिएको सेयर विषयमा ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

बोर्ड अध्यक्ष ढुङ्गानाले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ता भन्दा बढी सेयर आफ्नो छोरीको नाममा किनेको समाचार बाहिरिएको थियो।

यो विषयमा प्रमाण सहित समाचार छापिएपछि अर्थमन्त्रालयले छानबिन गर्नुपर्ने आवाज उठेको थियो।

मन्त्रालयले बिहिबार यो विषयमा सत्य तथ्य विवरण ३ दिन भित्र मन्त्रालयमा पठाउन धितोपत्र बोर्डका नाममा निर्देशन जारी गरेको हो।