सामालिङ्ग पावर कम्पनीले ५ लाख कित्ता सेयर इलामवासीलाई दिने, साढे नौं मेगावाटको परियोजना

बिजमाण्डू
२०७८ साउन १४ गते ०८:४६ | Jul 29, 2021
सामालिङ्ग पावर कम्पनीले ५ लाख कित्ता सेयर इलामवासीलाई दिने, साढे नौं मेगावाटको परियोजना


Tata
GBIME
Nepal Life

काठमाडौं। सामालिङ्ग पावर कम्पनीले साउन २२ गतेबाट आयोजना प्रभावितका लागि सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ ५ गतेसम्म सेयर बिक्री गर्ने छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। पाँच लाखमध्ये इलाम जिल्लाभरीका बासिन्दालाई ६० प्रतिशत अर्थात ३ लाख कित्ता सेयर दिइने छ।

बाँकी रहेको सेयर आयोजना अति प्रभावित इलाम नगरपालिका ८ र १० तथा माइजोगमाइ गाउँपालिका ४ र ५ का बासिन्दालाई दिइने छ। उनीहरुले ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर पाउने छन्।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र बढिमा २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले प्रति मेगावाट २१ करोड रुपैयाँका दरले परियोजना निर्माण गरिरहेको छ। कम्पनीले साढे ९ मेगावाटको परियोजना निर्माण गरिरहेको हो।