अब ठूला परियोजनामा नेपाली स्टील, प्रिमियर स्टील पहिलो

बिजमाण्डू
२०७८ साउन १३ गते १६:४० | Jul 28, 2021
अब ठूला परियोजनामा नेपाली स्टील, प्रिमियर स्टील पहिलो

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ। ३६ एमएमको छड ठूला परियोजना हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ। 

यसअघि ३० एमएमको छड भारत वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिन्थ्यो, यसले गर्दा पूर्तिमा ढिलाइ हुने गरेको थियो। 

अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने अवस्था नरहने विज्ञफ्तिमा उल्लेख छ। प्रिमियर स्टीलले फे ५००, फे ५०० डी ग्रेडेड टीएमटी रेबर, टोरकारी स्टील, बाइन्डिङ वायर्स तथा एसडब्ल्युजीको प्रयोग गरी उत्पादन गर्दै आएको छ। 

प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ। कम्पनीले ८ एमएमदेखि ४० एमएमसम्मका छडहरुको उत्पादन गर्दै आएको छ।  

“हामीले प्रिमियम बिलेटहरुको मात्रप्रयोग गरेर टीएमटी बार उत्पादनगर्दै आएको छौं, यसले गर्दा हाम्रा उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएका छन्। प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले बताए।