सानिमा लाइफले ६० करोड रुपैयाँको साधारण सेयर २० गतेबाट निष्कासन गर्दै, पुँजी २ अर्ब पुग्ने

बिजमाण्डू
२०७८ साउन १२ गते ०८:३८ | Jul 27, 2021
सानिमा लाइफले ६० करोड रुपैयाँको साधारण सेयर २० गतेबाट निष्कासन गर्दै, पुँजी २ अर्ब पुग्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई साउन २० गतेबाट साधारण सेयर बिक्री गर्ने भएको छ। कम्पनीले २४ गतेसम्म सेयर बिक्री गर्ने छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ। संस्थाको अधिकृत पुँजी २ अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर बिक्री गर्न लागेको हो।

बिक्रीमा राखिएकोमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता सामूहिक लगानी कोषलाई बिक्री गर्ने छ। बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले दाबी गर्न पाउने छन्।

कम्पनीको सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्छ। बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।