मानुषी लघुवित्तको सेयर २७ गतेबाट, सर्वसाधारणको भागमा ३ लाख ६८ हजार ५९३ कित्ता

बिजमाण्डू
२०७८ साउन १२ गते ०८:३१ | Jul 27, 2021
मानुषी लघुवित्तको सेयर २७ गतेबाट, सर्वसाधारणको भागमा ३ लाख ६८ हजार ५९३ कित्ता


Tata
GBIME
Nepal Life

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई साउन २७ गतेबाट साधारण सेयर बिक्री गर्ने भएको छ। कम्पनीले ३१ गतेसम्म सेयर बिक्री गर्ने छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको सेयर बिक्री गर्ने छ। संस्थाको अधिकृत पुँजी १० करोड ९३ लाख ७५ हजार रुफेयाँ छ। यसको ३६ प्रतिशत सेयर बिक्री गर्न लागेको हो।

बिक्रीमा राखिएकोमध्ये ५४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गर्ने छ। बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले दावी गर्न पाउने छन्।

कम्पनीको सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्छ। बढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।