इभी नेपाल मोटर्सको इलेक्ट्रिक स्कूटर, मासिक किस्ता ११,१११ रुपैयाँ, नक्सालमा खुल्यो सोरुम

बिजमाण्डू
२०७८ साउन ११ गते १०:२८ | Jul 26, 2021
इभी नेपाल मोटर्सको इलेक्ट्रिक स्कूटर, मासिक किस्ता ११,१११ रुपैयाँ, नक्सालमा खुल्यो सोरुम

Tata
GBIME
Nepal Life

काठमाडौं। इभी नेपाल मोटर्सको सोरुम काठमाडौंको नक्सालमा खुलेको छ। सोरुममा जर्मन टेक्नोलोजी 'बीओएससीएच' द्वारा संचालित लिभ्निंगको विभिन्न मोडेल र रंगहरूका इलेक्ट्रिक स्कूटर उपलब्ध छन्।

साथै इलेक्ट्रिक साइकल पनि उपलब्ध रहेका छ। जसमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४,  एकएक्स ०५,  एलएक्स ०६, एलएक्स ०५-डी, एलएक्सओ ८, एलएन२० एम ०४-२५९ वाट रहेको छ। 

सोरुम उद्घाटन अवसरमा ग्राहकलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्मको नगद छुट दिइएको छ।

नबिल बैंकसँग कारोबार गर्दा शून्य प्रतिशत ब्याजमा मासिक ११,१११ रुपैयाँ किस्ताका दरले उपलब्ध हुने छ। खरिदमा छाता, बज्रमास्क बक्स, नि:शुल्क हेलमेट, नि:शुल्क सर्भिस र कुपनको सुविधा छन्। 

यो अफर ३० जुलाई, २०२१ सम्म सीमित रहनेछ। सोरुम बिहान ११ देखि बेलुका ५ बजेसम्म खुल्ला रहने छ।