विद्युतीय सवारी प्रवर्द्धन कार्यशाला: इभीका लागि नीतिगतदेखि अन्य तयारीमा सहयोग पुर्‍याउने

बिजमाण्डू
२०७८ साउन ८ गते १७:५२ | Jul 23, 2021
विद्युतीय सवारी प्रवर्द्धन कार्यशाला: इभीका लागि नीतिगतदेखि अन्य तयारीमा सहयोग पुर्‍याउने


Tata
GBIME
Nepal Life

काठमाडौं। ऊर्जा नेपाल र एसएआरइएचले विद्युतीय गाडीको रोलआउटलाई आवश्यक विविध पक्षलाई समेटेर कार्यशाला आयोजना गरेको छ। 

सन् २०३० सम्ममा विद्युतीय गाडीले अन्यलाई प्रतिस्थापन गर्ने सरकारको योजनालाई सार्थक बनाउन आवश्यक पर्ने नीति, लागत-लाभ (कस्ट बेनिफिट) विश्लेषण, बिजनेस मोडल, चार्जिङ स्टेसनको मापदण्डहरु इत्यादि विषयमा उक्त कार्यशालामा विमर्श गरिएको छ। 

साथै, विद्युतीय गाडीलाई आवश्यक सार्वजनिक चार्जिङ स्टेसन जडानबारे जनचेतना वृद्धिबारे समेत छलफल भएको छ।  

'यो कार्यशालाले सरकारले देखेको विद्युतीय गाडी प्रबर्द्धनको सपना र प्रयासलाई सार्थक बनाउन मद्दत गर्नेछ। वातावरणमैत्री यातायात प्रणालीले जलवायु परिवर्तन संरक्षणमा सहयोग पुर्‍याउनेछ,' युएसएडका वातावरण तथा ऊर्जा विशेषज्ञ शंकर खागीले भने। 

कार्यक्रम आयोजकका रुपमा अमेरिकी विकास नियोग (यूएसएड) पनि रहेको थियो। युएसएडले नेपाल सरकारलाई विद्युतीय सवारीसाधन प्रवर्द्धनमा सघाउँदै आएको छ।