दुई दिनमा १४ सय घटेको सुनको मूल्यमा ३ सयको बढोत्तरी, १० रूपैयाँ बढ्दा चाँदी तोलाको १२८०  

बिजमाण्डू
२०७८ साउन ८ गते ११:१२ | Jul 23, 2021
दुई दिनमा १४ सय घटेको सुनको मूल्यमा ३ सयको बढोत्तरी, १० रूपैयाँ बढ्दा चाँदी तोलाको १२८०   


Tata
GBIME
Nepal Life

काठमाडौं। दुई दिनमा १४ सयको गिरावट आएको सुनको मूल्यमा शुक्रबार ३ सयको बढोत्तरी भएको छ।

साताको अन्तिम दिन कारोबार मूल्य प्रतितोला ९२ हजार १ सय निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार तोलाको ९१ हजार ८ सय भएको थियो। गत मंगलबार ९३ हजार २ सय पुगेको सुनको मूल्यमा बुधबार र बिहीबार ७/७ सय रूपैयाँ घटेको थियो।

यसअघि सोमबारका तुलनामा मंगलबार ४ सय रुपैयाँ बढेको थियो। सुनचाँदीको कारोबार मूल्यमा अन्तर्राष्ट्रिय बजारमै उतारचढाव छ। 

चाँदी शुक्रबार प्रतितोला १२ सय ८० रुपैयाँ भएको छ। बिहीबारका तुलनामा तोलामा १० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १८०३.७३ र चाँदी २५.३५ डलरमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतिऔंस १७९९.१७ र चाँदी प्रतिऔंस २५.१७ डलरमा कारोबार भएको थियो।