‘द क्लिफ’ले बागलुङमा सुरु गर्दैछ ‘हाइ रोप स्टेशन’, अन्य ‘एडभेन्चर टुरिज्म प्रडक्ट’ पनि ल्याउने

बिजमाण्डू
२०७८ साउन ७ गते १०:५६ | Jul 22, 2021
‘द क्लिफ’ले बागलुङमा सुरु गर्दैछ ‘हाइ रोप स्टेशन’, अन्य ‘एडभेन्चर टुरिज्म प्रडक्ट’ पनि ल्याउने


Tata
GBIME
Nepal Life

काठामडौं। कुश्मा (पर्वत) स्थित 'द क्लिफ रिसोर्ट' ले बागलुङको बलेवामा 'हाइ रोप स्टेशन' संचालनमा ल्याउने भएको छ। हाइ रोप स्टेशनको निर्माण कार्य सम्पन्न गरिसकेको अध्यक्ष राजु कार्कीले बताए। 

'टुरिज्म प्रडक्ट' हरु विस्तार गर्दै लैजाने क्रममा यसअघि द क्लिफले बन्जी र स्विङ संचालनमा ल्याइसकेको छ।

स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनी हन्टिङ गर्ने शैलीको अवधारणामा हाइ रोप स्टेसन संचालनमा ल्याउन लागिएको कार्कीले जानकारी दिए। उनका अनुसार स्टेसन नदीबाट दुई सय ५० मिटर उचाईमा रहेको छ। 

रिसोर्टले बन्जीका लागि बनाएको नमुना पुलमा राँको शैलीको सोलार बत्ती जडान गरिएको छ। पाँच सय २५ मिटर लम्बाई रहेको पुलको वारिदेखि पारिसम्म राखिएको सोलार बत्तीले रातको समयमा थप आकर्षण दिएकाे छ।

रिसोर्टमै भगवान पाइलाको निर्माणको काम भने भइरहेको उनले जानकारी दिए। जमिनबाट पाँच मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्ने उनले बताए। उनका अनुसार भगवान पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाईमा रहने छ।

पर्यटकको सुरक्षालाई मधयनजर गर्दै पाइलाको तल्लो पट्टी भागमा सेफ्टीनेट राखिएको छ। पर्यटन प्रवर्द्धनलक्षित गतिविधिमार्फत पर्यटकलाई उचाइको डरसँग सामना गर्न सघाउने बताउँदै उनले भने, 'भोलिका दिनमा पनि अन्य सहासिक गतिविधि थप्दै लैजाने योजना बनाएका छौं।'