मिटर ब्याजमा पैसा दिएर चर्को रकम असुल गर्ने गणेश उप्रेती पक्राउ, १९ करोड रुपैयाँको चेक बरामद

बिजमाण्डू
२०७८ साउन ३ गते १७:५० | Jul 18, 2021
मिटर ब्याजमा पैसा दिएर चर्को रकम असुल गर्ने गणेश उप्रेती पक्राउ, १९ करोड रुपैयाँको चेक बरामद


काठमाडौं। मिटर ब्याजदरमा पैसा लगाएर चर्को रकम असुल गरेको आरोपमा गणेश उप्रेती पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरोले उप्रेतीलाई साउन १ मा प्रक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

उप्रेतीले विभिन्न व्यक्तिहरुलाई रकम दिइ अग्रिम चेक लिने गरेका थिए। उनले प्रकाश कार्की र हेमराज गुभाजुलाई मिटर ब्याजमा रकम लगाइ अग्रिमरूपमा चेक लिएका थिए। 

उप्रेतीले कार्कीबाट ४ करोड १६ लाख र गुभाजुबाट ४ करोड १४ लाख रुपैयाँको चेक लिएका थिए। यो रकम समयमै भुक्तानी नभएपछि कार्की र गुभाजुलाई मार्नेसम्मको धम्की उप्रेतीले दिँदै आएका थिए। 

उप्रेतीले यसका लागी विभिन्न अपराधिक गिरोह समेत प्रयोग गरेका थिए। उप्रेतीलाई प्रहरीले साउन १ गते काठमाडौंको चाबहिलबाट पक्राउ गरेको बताएकाे छ।

उनको साथबाट विभिन्न व्यक्तिको नाममा रहेको १९ करोड ४३ लाख रुपैयाँ बराबरको चेक समेत भेटिएको छ। प्रहरीको अनुसन्धानबाट उप्रेतीले थप अन्य व्यक्तिहरुलाई समेत मिटर ब्याजमा रकम लगाएको खुल्न आएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।