सरकारले २८% भाडा बढाएपछि कहाँ जाँदा कति तिर्नुपर्छ ? यातायात विभागले सार्वजनिक गर्‍यो सूची

बिजमाण्डू
२०७८ साउन १ गते १४:२६ | Jul 16, 2021
सरकारले २८% भाडा बढाएपछि कहाँ जाँदा कति तिर्नुपर्छ ? यातायात विभागले सार्वजनिक गर्‍यो सूची


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले सार्वजनिक सवारी साधनको २८ प्रतिशतसम्म भाडा बढाएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले असार २७ गते भाडा बढाउने निर्णय गरेका थिए।

त्यसलाई कार्यान्वयन गर्दै यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराईमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा बढाएको हो।

सवारीसाधनमा काम गर्ने कर्मचारीको तलब सुविधा,कर, वार्षिक बीमा प्रिमियम, सम्भार/मर्मत खर्च, ब्याजदर, ब्याट्रीको मुल्य ह्रास, अरु खर्च, इन्धन, टायर, लुब्रिकेन्ट्स लगायतका १३ इन्टिकेटरलाई आधार मानिएको छ।

लोकल रुटको भाडादर समायोजन सम्वन्धी अधिकार प्रदेशहरुमा रहेकाले एक प्रदेशबाट अर्को प्रदेशमा जाने ट्रक, सार्वजनिक र अन्य सवारीसाधनको भाडादर समायोजन गरिएको हो। यात्रुवाहक सवारीसाधनको २८६ रुटमा भाडा समायोजन गरिएको हो।

अब कहाँ जाँदा कति भाडा लाग्छ ?