सपोर्ट लघुवित्तको एकै दिन ६ वटा स्थानमा शाखा विस्तार, छिट्टै अरु पनि शाखा थपिने

बिजमाण्डू
२०७८ असार ३१ गते १५:४६ | Jul 15, 2021


काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन ६ स्थानमा शाखा कार्यालय विस्तार गरेको छ ।

Tata
GBIME
Nepal Life

वित्तीय संस्थाले एकै दिन प्रदेश नं. १ को मोरङ जिल्लाका विभिन्न गाउँपालिकाहरुमा ६ वटा शाखा कार्यालयबाट कारोबार सुरु गरेको जनाएको छ।  

संस्थाले मोरङको महेशपुर, भौडाहा, लखन्तरी, मोतीपुर, हात्तिमुडा र लक्ष्मीनियामा शाखा कार्यालय विस्तार गरेको हो।

संस्थाले आगामी दिनहरुमा प्रदेश नं. १ का बाँकी जिल्लाहरुमा शाखा विस्तार गर्ने योजना बनाएको जानकारी दिएको छ।

भर्खरै मात्र १० जिल्ला कार्यक्षेत्रमध्ये वागमती प्रदेशका शाखा कार्यालयहरु बिक्री हस्तान्तरण गरी प्रदेश नं. १ कार्यक्षेत्र बनाएको सपोर्ट लघुवित्त वित्तीय संस्थाले प्रदेश स्तरमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको जारी विज्ञप्तिमा उल्लेख छ ।