ओप्पो र वानप्लस मोबाइल फोन कम्पनी एक हुँदै, ठूला स्मार्टफोन ब्राण्डहरुलाई चुनौती थपियो

बिजमाण्डू
२०७८ असार ६ गते ११:५१ | Jun 20, 2021
ओप्पो र वानप्लस मोबाइल फोन कम्पनी एक हुँदै, ठूला स्मार्टफोन ब्राण्डहरुलाई चुनौती थपियो

Tata
GBIME
Nepal Life

काठमाडौं। मोबाइल फोन निर्माता कम्पनी वानप्लसका सीइओ पेटे लाउले कम्पनीको नयाँ यात्रासहित अर्को फोन निर्माता ओप्पोसँग समाहित हुने घोषणा गरेका छन्। 

'हामी वानप्लसको भविष्यको टर्निङ पोइन्टमा आइपुगेका छौं। अब हामी दुवै कम्पनी एउटै टिम र ब्राण्ड बनेर अघि बढ्नुछ,' लाउले भने। 
लाउले सन् २०१३ मा ओप्पो छाडेकाले पछिल्लो घटनामा धेरैले आश्चर्य व्यक्त गरेका छन्।  

वानप्लसले आक्रामक मार्केटिङ रणनीतिकै कारण बजार हिस्सामा आफ्नो पकड जमाउँदै आएको बताइन्छ।

साथै, अनलाइन रिटेल रणनीतिले पनि ठूला स्मार्टफोनका ब्राण्डको विकल्पको रुपमा वानप्लस विस्तार हुँदै आएको छ। अब दुवै कम्पनी एक हुने भएपछि ठूला ब्राण्डहरुको व्यापारमा चुनौती थपिन सक्ने बताइएको छ।  

वानप्लस ओप्पोको छाताभित्र रहने भए पनि यसको उत्पादन र सञ्चालन स्वायत्त हुने लाउले बताए। वानप्लसको आफ्नै प्रडक्ट र क्रियाकलाप हुनुका साथै उपभोक्तासँग प्रत्यक्ष उपस्थित हुने बताइएको छ। 

अहिले कायम रहेका केही लगानीकर्ताहरुको लगानी दुवै कम्पनीहरुमा रहेको बताइएको छ।