टिकटकको कमाइ दुई गुणा बढी, चीनले विकास गरेका एपको प्रविधि अमेरिकाले रिभ्यु गर्दै

बिजमाण्डू
२०७८ असार ४ गते १२:३८ | Jun 18, 2021
टिकटकको कमाइ दुई गुणा बढी, चीनले विकास गरेका एपको प्रविधि अमेरिकाले रिभ्यु गर्दै

 

Tata
GBIME
Nepal Life

काठमाडौं। भिडियो एप टिकटक सञ्चालन गर्ने कम्पनीको बाइटडान्सको कमाइ वर्ष २०२० मा दुई गुणा बढी भएको छ। कर्मचारीहरू माझ जारी ज्ञापन पत्रका अनुसार कम्पनीको कुल आम्दानी एक सय ११ प्रतिशतले वृद्धि भएर ३४ अर्ब डलरभन्दा बढी भएको हो।

बाइटडान्स र अन्य चिनियाँ प्राविधिक कम्पनीहरूलाई सरकार र अन्य निकायले आम्दानी सार्वजनिक गर्न दबाब दिएको थियो। बाइटडान्सको वार्षिक नाफा रकम ९३ प्रतिशतले बढेर १९ अर्ब डलर भएको छ।

सार्वजनिक तथ्यांकहरूले टिकटकको निरन्तर वैश्विक लोकप्रियता बढेको देखाउँछ। गत वर्षको डिसेम्बरसम्म मासिक १.९ अर्ब प्रयोगकर्ता एपमा सक्रिय थिए। उपलब्ध तथ्यांक कम्पनीका प्रवक्ताले बीबीसीलाई पुष्टि गरेका हुन्।

यसैबीच बाइटडान्सको अमेरिका र चीनसहित दुनियाँका केही देशमा जाँच भइरहेको छ।

बिहीबार रोयटर्सले उल्लेख गरे अनुसार यस महिनाको सुरुवातमा अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षर गरिएको एक कार्यकारी आदेशमा केही चिनियाँ एपको जाँच रहेको छ। प्रयोगकर्ताको निजी जानकारी एवं अन्य डेटा सुरक्षाका लागि उक्त आदेश जारी गरिएको हो।  

यसअघि बाइडेनले द्वारा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश रद्द गरेका थिए, जसमा अमेरिकामा टिकटक र वाट्सएप प्रतिबन्ध लगाउने निर्णय थियो।

कानूनी चुनौतीका कारण ती एप प्रतिबन्ध भने भएका थिएनन्।  अमेरिकी वाणिज्य विभागले चीनले डिजाइन र विकास गरेको एपको समीक्षा गर्ने बताएको हो।