बाढी-पहिरोबाट जोगियो दूरसञ्चार र इन्टरनेट पूर्वाधार, 'विद्युत नहुँदा सेवा अवरुद्ध'




काठमाडौं। देशभर आएको बाढी र पहिरोका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति नपुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले पछिल्ला केही दिनयता देशका विभिन्न भागमा आएको बाढी र पहिरोका बाबजुद दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार भने सुरक्षित रहेको जनाएको छ।  

TATA
RiddiSiddi

तर पूर्वाधारमा क्षति नपुगे पनि बाढी र पहिरो गएको क्षेत्रमा विद्युत अवरुद्ध भएका कारण विभिन्न स्थानमा दूरसञ्चार र टेलिफोन सेवामा समस्या आएको प्राधिकरणको भनाइ छ। 

सेवा सहज अवस्थामा राख्न सेवा प्रदायकहरुले प्रयास गरिरहेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell