विश्व बैंकले १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिन सहमत, आर्थिक अवस्था उकास्न प्रयोग गरिने

बिजमाण्डू
२०७८ असार ३ गते १२:४६ | Jun 17, 2021
विश्व बैंकले १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिन सहमत, आर्थिक अवस्था उकास्न प्रयोग गरिने

काठमाडौं । विश्व बैंकले नेपाललाई कोभिड पुर्नउत्थानका लागि १७ अर्ब ७८ करोड(१५ करोड डलर) ऋण सहायता दिने भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकको नेपाल हेर्ने देशीय निर्देशक फारिस हदाद जारभोसले भने -'कोभिडबाट सिर्जित समस्यालाई सहयोग गर्न बैंक तयार छ, यसबाट सामाजिक र आर्थिक अवस्था उकास्नका लागि सहज हुनेछ।' 

यो ऋण रकम सरकारले आन्तरिक राजस्व, भन्सार क्षेत्र सुधार क्षेत्रमा खर्च गर्न पाउनेछ। यस्तै निजी क्षेत्रको ऋण व्यवस्थापनका लागि पनि प्रयोग गर्ने सकिन्छ। नेपालले सबैभन्दा धेरै ऋण विश्व बैंकबाट लिदैं आएको  छ। जसका लागि बैंकले विभिन्न विभिन्न सुविधाहरु उपलब्ध गराउँदैं आएको छ। 

यसअघि ऋणको विभिन्न विषयमा छलफल गर्नका लागि सरकारले ६ सदस्यीय वार्ता टोली गठन गरेको थियो। टोलीका संयोजक अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन्। 

ब्याज र कति किस्तामा ऋण तिरिसक्ने भन्ने विषयमा सहमतिपछि अर्थसचिव शिशिर ढुङगाना र बैंकका प्रतिनिधिबीच सहमति पत्रमा हस्ताक्षर हुनेछ।