होटल र रेष्टुरेण्ट सेवा थप सुरक्षित बनाउन अन्तर्राष्ट्रिय स्तरको एप ‘सत्कार’ सार्वजनिक

बिजमाण्डू
२०७८ असार ३ गते १३:०१ | Jun 17, 2021
होटल र रेष्टुरेण्ट सेवा थप सुरक्षित बनाउन अन्तर्राष्ट्रिय स्तरको एप ‘सत्कार’ सार्वजनिक


काठमाडौं। होटलमा आउने पाहुना र कार्यरत जनशक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पिक द हस्पिटालिटीले 'सत्कार' सफ्टवेयर सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

यो सफ्टवेयरमा रहेको टच फ्री सोलुशन र मोवाइल एप्लिकेशन मार्फत पाहुनाले सहजै बुकिङ, रुम चेकइन, फुड एण्ड वेभरेज अर्डर लगायत गर्न सकिने कम्पनीले जनाएको छ। 'कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ। ठूलो लगानी भएका होटल र रेष्टुरेन्टहरु सम्म बन्द छन्। त्यसको मार लगानीकर्ताहरुलाई परेको छ। यसबाट केही भएपनि राहत दिन द पिक हस्पाटिलिटीले टच फ्री सोलुशन र मोबाईल एप्लिकेसन्स सार्वजनिक गरेको हो,' कम्पनीका उपाध्यक्ष यादव पाण्डेले भने। 

उनका अनुसार विभिन्न होटल र  रेष्टुरेण्टमा आउने पाहुनाले यो सफ्टवेयरमा रहेको सातवटा पोइन्ट मार्फत होटल बुकिंङ, चेक इन, ढोका खोल्न, खानाहरु अडर गर्न, एसी चलाउन, टिभी खोल्न लगायत काम गर्न सक्नेछन्।  कुनै कुरा अर्डर गर्न वा स्वीच थिची राख्न पर्दैन।

सफ्टवेयर प्रयोगमार्फत होटल तथा रेष्टुरेण्टमा जाँदा कतै छुनु नपर्ने (टच फ्रि) हुने भएका कारण एप्लिकेशन उपयुक्त रहेको उनले दाबी गरेका छन।  म्यानुअल टच शैलीलाई  हटाएर डिजिटल तरिकाले काम गर्ने उद्धेश्यले सफ्टवेयर विकास गरिएका कारण एपमार्फत होटलको फ्रन्ट अफिस, मानव संसाधन, वित्त, स्टोर, सुरक्षा, हाउस किपिङ, फुड एण्ड बेभरेज, इन्जिनियरिङ लगायतका सबै डिभिजनहरुलाई एउटै एपमा एकिकृत गर्ने उनले जानकारी दिए। 

'चेक आउट गर्न फोन वा रिसेप्सनमा लाइन लागेर पर्खिनु पर्दैन। यी सबै काम मोवाइल एप्लिकेसनबाटै होटलको ग्राहक आफैंले गर्न सक्छ। यो एप्लिकेसन चलाउन निकै सजिलो छ। सुरक्षाको सबै उपायहरु अपनाएकाले सुरक्षित छ । होटललाई म्यानुअलबाट डिजिटल बनाउन मद्दत गर्छ। होटल क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरुको परामर्शमा यो एप्लिकेसन विकास गरिएको हो,' उनले भने।