वैदेशिक रोजगारीमा जाने मुलुकमा हवाई उडान खोल्ने तयारी, साताको दुई उडान मात्रै गरिने

बिजमाण्डू
२०७८ असार ३ गते ११:५१ | Jun 17, 2021
वैदेशिक रोजगारीमा जाने मुलुकमा हवाई उडान खोल्ने तयारी, साताको दुई उडान मात्रै गरिने


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय तर्फ पाँचवटा गन्तब्यमा पुनः नियमित उडान सुरु गर्ने भएको छ। युएइ, कुवेत, साउदी  अरेबिया, मलेसिया, दमाम लगायत पाँच गन्तब्यमा नियमित उडान सुरु गर्न छलफल भएको पर्यटन सहसचिव बुद्धिसागर लामिछानेले बताए।

वैदेशिक रोजगारका लागि आउजाउ गर्ने गन्तब्यमा साताको दुई दिन उडान गराउने उनले बताए। 'यस अघि चीन, भारत (एयर बबल), कतार, टर्की लगायत गन्तब्यमा साताको एक एक वटा उडान खुला भएको थियो। पछिल्लो समय पाँच वटा श्रम गन्तब्य मुलुकलाई मध्यनजर गर्दै साताको दुई-दुईवटा उडान गर्ने छलफल भएको छ। सीसीएमसीको समन्वयमा मन्त्री परिषदको निर्णय अनुसार यी गन्तब्यको उडान संख्या निश्चित हुनेछ,' लामिछानेले भने।

उनका अनुसार चीन सरकारले लागू गरेको २१ दिन क्वारेन्टाइन अवधि लामो भएका कारण यात्रु उडान कम हुँदै आएको छ।  तर कार्गो उडान भने धमाधम हुँदै आएको उनले जानकारी दिए।