बैंक वित्तीय संस्थाले राजधानीका आधाभन्दा बढि शाखाबाट सेवा दिन थाले, सेवा समय भने पुरानै

बिजमाण्डू
२०७८ असार ३ गते ०७:१० | Jun 17, 2021
बैंक वित्तीय संस्थाले राजधानीका आधाभन्दा बढि शाखाबाट सेवा दिन थाले, सेवा समय भने पुरानै

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो पारेपछि राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरु साबिकभन्दा केही बढि खुल्न थालेका छन्।

गत मंगलबारसम्म बाणिज्य बैंकहरुको काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखा मात्र खुल्थे। विकास बैंकको काठमाडौंमा २, भक्तपुरमा १ र ललितपुरमा १ शाखा खुल्थे। फाइनान्सका १/१ वटा मात्र शाखा खोल्न पाइन्थ्यो।

अब भने बैंक तथा वित्तीय संस्थाहरुले उपत्यकामा भएका शाखामध्ये आधाजति खोल्न थालेका छन्। राष्ट्र बैंकले कर्पोरेट कार्यालयमा एक तिहाइ कर्मचारी लगाएर मात्र काम गर्न पाइने भने पनि शाखाको हकमा निर्णय गर्ने जिम्मा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई दिएको छ।

सीमित शाखा हुँदा भिडभाड बढेको थियो। असारसँगै बैंकहको ऋण उठ्ति प्रकृया सुरु हुन्छ भने बर्षान्तको कामहरु पनि शेष रहन्छ। त्यही कारण बैंकहरुले निषेधाज्ञा थोरै खुकुलो हुने बित्तिकै राजधानीका आधाभन्दा बढि शाखा खोल्न थालेका हुन्। यद्यपी शाखा भने बढिमा ३ बजेसम्म मात्र खुल्ने छ।