एसियन लाइफको सेयर बेच्दै महालक्ष्मी, एनसीसीको ९ लाख कित्ता बिक्रीमा, अरुण भ्यालीको पनि लिलामी

बिजमाण्डू
२०७८ असार २ गते ०९:१४ | Jun 16, 2021
एसियन लाइफको सेयर बेच्दै महालक्ष्मी, एनसीसीको ९ लाख कित्ता बिक्रीमा, अरुण भ्यालीको पनि लिलामी

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंक, नेपाल इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेका कम्पनीको सेयर बिक्रीमा राखेका छन्।

महालक्ष्मी विकास बैंकले एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखेको छ भने नेपाल इन्स्योरेन्सले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संस्थापक सेयर बिक्रीमा राखेको छ। अरुणभ्यालीले भने हकप्रद नहालेका सर्वसाधारणतिरको सेयर लिलामीमा राखेको हो।

महालक्ष्मीले एसियन लाइफको एक लाख ६६ हजार ७५७ कित्ता सेयर बिक्रीमा राखेको हो। यसको प्रति कित्ता न्युनतम मूल्य ६२८ रुपैयाँ तोकिएको छ। यो मूल्यमा बिक्री भए महालक्ष्मीलाई १० करोड ४७ लाख २३३९६ रुपैयाँ प्राप्त हुने छ। सेयरका लागि बिहीबारबाटै आवेदन दिन सकिने छ।

नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको ९ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। न्युनतम मूल्य १४० रुपैयाँ तोकिएको छ। यही मूल्यमा बिक्री भए १२ करोड ६० लाख रुपैयाँ प्राप्त हुने छ। सेयरका लागि बुधबारबाटै आवेदन दिन सकिन्छ।

अरुण भ्यालीले भने हकप्रद नपरेपछि सेयर बिक्रीमा राखेको हो। कम्पनीले बैशाख ६ देखि जेठ २ गतेसम्म हकप्रद बिक्रीमा राखेको थियो। त्यसमध्ये ४ लाख ३५ हजार ८९४ कित्ता साधारण सेयरका लागि आवेदन परेन। त्यही सेयर लिलाम गरेर बिक्री गर्न लागेको हो।

यसको न्युनतम मूल्य १०० रुपैयाँ राखिएको छ। यसबाट कम्पनीलाई ४ करोड ३५ लाख ८९ हजार ४ सय रुपैयाँ आउने छ। यो सेयरका लागि असार ९ गतेबाट आवेदन दिन सकिने छ।