लक्ष्मी बैंकको युरोकप ‘प्रेडिक्ट एण्ड विन’ अफरमा ५ जनाले जित्ने छन् पुरस्कार

बिजमाण्डू
२०७८ असार १ गते १७:५१ | Jun 15, 2021
लक्ष्मी बैंकको युरोकप ‘प्रेडिक्ट एण्ड विन’ अफरमा ५ जनाले जित्ने छन् पुरस्कार

काठमाडौं। लक्ष्मी बैंकले युरोकप 'प्रेडिक्ट एण्ड विन' अफर ल्याएको छ। युरो कपको स्कोर अनुमान गरी पुरस्कार जित्ने योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

बैंकले एफ–वान सफ्टसँग सहकार्य गरी क्याम्पेन ल्याएको हो । यो क्याम्पेनमा युरो कप २०२१ सुरुभएको दिन जुन ११ देखी सुरुभई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । 

यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको ईन्टरनेट सेवा निःशुल्क पाउन सक्नेछन् । यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्छ । 

अन्तर बैंक नगद ट्रान्स्फरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछी नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।

क्यम्पेनको अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ ।