प्रदेश नम्बर १ को आगामी बजेट: स्वास्थ्यमा ३ अर्ब २५ करोड र शिक्षामा १ अर्ब १९ करोड छुट्यायो

बिजमाण्डू
२०७८ असार १ गते १६:४३ | Jun 15, 2021
प्रदेश नम्बर १ को आगामी बजेट: स्वास्थ्यमा ३ अर्ब २५ करोड र शिक्षामा १ अर्ब १९ करोड छुट्यायो

Tata
GBIME
Nepal Life

विराटनगर। प्रदेश नम्बर १ को सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य क्षेत्रका निमित्त ३ अर्ब २५ करोड बजेट छुट्याएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले मंगलबार प्रदेश सभामा बजेट भाषण वाचन गर्दै स्वास्थ्य क्षेत्रको सुधारका निमित्त ३ अर्ब २५ करोड रुपैयाँ छुट्याएको जानकारी दिएका हुन्।

प्रदेश सरकारले सरकारले मेची अस्पताललाई दुई सय, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र अन्य जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने योजना बनाएको छ।

त्यस्तै प्रदेश सरकारले कोसी कोभिड अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने घोषणा गरिसकेको छ।

मन्त्री आङबुहाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ४४ करोड  विनियोजन गरेको बताए।

त्यसैगरी शिक्षा क्षेत्रमा १ अर्ब १९ करोड छुट्याएको उल्लेख गर्दै मन्त्रीले पुस्तकालय, संरचना र शैक्षिक सामग्रीको सुधार गरिने स्पष्ट पारे।

उनले कृषि क्षेत्रमा २ अर्ब ९० करोड बजेट विनियोजन गरेको जनाए।

मन्त्री आङबुहाङका अनुसार प्रदेशको आर्थिक वृद्धिदर १.१८ प्रतिशतले ऋणात्मक भएको छ। सरकारले चालु  आर्थिक वर्ष आर्थिक वृद्धिदर ३.४१ प्रतिशत वृद्धि हुने अनुमान गरेको थियो।

चालु आवको आर्थिक वृद्धिदर ऋणात्मक भए पनि सरकारले आगामी वर्षको वृद्धिमा सुधार हुने दाबी ३.६ प्रतिशत वृद्धिको लक्ष्य राखेको छ।