सर्वोच्चको आदेशको एक सातापछि इ-कमर्स र ढुवानी संचालन गर्न दिने स्थानीय प्रशासनको निर्णय

बिजमाण्डू
२०७८ जेठ ३० गते १६:३१ | Jun 13, 2021
सर्वोच्चको आदेशको एक सातापछि इ-कमर्स र ढुवानी संचालन गर्न दिने स्थानीय प्रशासनको निर्णय


काठमाडौं। सर्वोच्च अदालतले इ-कमर्स कम्पनीहरुबाट अत्यावश्यक सामग्री ढुवानी खोल्न अन्तरिम आदेश दिएको एक सातापछि स्थानीय प्रशासनहरुले यो सेवा संचालनको अनुमति दिएको छ।

Tata
GBIME
Nepal Life

असार १ गतेदेखि काठमाडौं उपत्यकामा अन‍लाइन व्यवसाय (इ-कमर्स) सेवा सञ्चालन गरिरहेका कम्पनी वा सेवा प्रदायकहरुलाई होम डेलभरी (ढुवानी) दिन पाउने गरी  सेवा संचालनको अनुमति दिएको हो । 

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले साँझ सात बजेसम्म इ-कमर्स सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ।

अनलाइन फुड डेलिभरी कम्पनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर गत जेठ ३ गते सर्वोच्चमा रिट हालेका थिए।
संक्रमण दर अझै नघटेकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा असार सात गतेसम्म लम्ब्याउने निर्णय भएको छ।

कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै जिल्ला प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएका छन्।