पहिलोपटक इजरायल जाँदै नेवानिको एयरबस, एनआरएनले दिएको स्वास्थ्य सामग्री ल्याउने

बिजमाण्डू
२०७८ जेठ ३० गते १६:२४ | Jun 13, 2021
पहिलोपटक इजरायल जाँदै नेवानिको एयरबस, एनआरएनले दिएको स्वास्थ्य सामग्री ल्याउने

काठमाडौं। नेपाल वायुसेवा निगमले पहिलोपटक नेपालबाट इजरायल उडान गर्ने भएको छ । इजरायलमा रहेका गैरआवसीय नेपालीले सहयोगवापत दिएका स्वास्थ्य सामग्री ल्याउनका लागि निगमले काठमाडौं-इजराइल-काठमाडौं उडान गर्न लागेको जनाएको छ।

Tata
GBIME
Nepal Life

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा गर्न लागिएको यो उडानबाट निगमको एयर बसले करिब २० जना यात्रु र गैरआवासीय नेपालीले पठाउन लागेको स्वास्थ्य सामग्री ल्याउनेछ।

यसअघि निगमसँग भएको बोइङ ७५७ मर्मत गर्ने क्रममा इजरायल उडान गरिएको थियो। इजरायलतर्फ निगमको कार्गो चार्टर उडान भने पहिलो हुन लागेको निगमले जनाएको छ।

'हामीले जुन २० मा इजरायल कार्गो उडानका लागि प्रस्ताव गरेका छौं । तर यकिन मिति भने टुंगो लाग्न भने बाँकी नै छ,' निगमस्रोतले भन्यो । इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यको संयोकत्वमा गैरआवसीय नेपालीले सहयोगवापत दिएको स्वास्थ्य सामग्री ल्याउनका लागि निगमलाई पत्राचार भएको उनले बताए।