काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा, होटेल रेष्टुरेष्टलाई टेकअवेको अनुमति

बिजमाण्डू
२०७८ जेठ ३० गते १६:१९ | Jun 13, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको हो।

तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ।

कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी छ।