सुनको मूल्य  तोलामा ६ सय रुपैयाँले गिरावट, आइतबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै

बिजमाण्डू
२०७८ जेठ ३० गते ११:१८ | Jun 13, 2021
सुनको मूल्य  तोलामा ६ सय रुपैयाँले गिरावट, आइतबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। साताको पहिलो दिन सुन तोलामा ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि कारोबार मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। 

गत शुक्रवार तोलामा ११ सय रुपैयाँले बृद्धि भएर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा मूल्य घटेपनि स्थानीय बजारमा भने चाँदीको मूल्य स्थिर रहेको छ। गत शुक्रवार तोलामा १५ रुपैयाँले घटेर प्रति तोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८७६ ८७ डलर  भएकोछ । चाँदी प्रतिऔंस २७. ९२ डलरमा कारोबार भइरहेको छ।

गत शुक्रवार मूल्य बढ्ने क्रममा सुन प्रतिऔंस १८९९. १७ डलर  र चाँदी प्रतिऔंस २८. ०७ डलरमा कारोबार भएको थियो।