रिडी हाइड्रोको सेयर मूल्य सातामै ६०% ले वृद्धि, सबैभन्दा महँगो रुरुलाई उछिन्यो राधिले

बिजमाण्डू
२०७८ जेठ ३० गते १०:४९ | Jun 13, 2021
रिडी हाइड्रोको सेयर मूल्य सातामै ६०% ले वृद्धि, सबैभन्दा महँगो रुरुलाई उछिन्यो राधिले


Tata
GBIME
Nepal Life

काठमाडौ। एक सातामा ४० वटा जलविद्युत कम्पनीकोहरुको सेयर कारोबार भएको छ। यसमध्ये तीन वटाको घटेको छ भने एउटाको स्थिर रहेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनुसार, पछिल्लो सात कारोबार दिनमा रिडी हाइड्रोपावर कम्पनीका सेयरधनीले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ६०.२५ प्रतिशतले बढेर ६३३ रुपैयाँ पुगेको छ।

यसपछि वरुण हाइड्रोका लगानीकर्ताले ३७.५३ प्रतिशतले कमाएका छन्। १० प्रतिशतमाथि कमाउने २० कम्पनी छन्। ङादी पावर र युनाइटेड मोदीकाले २५ प्रतिशतले कमाएका छन्।

दोस्रो बजारमा जलविद्युतमध्ये सर्वाधिक महँगो भने राधी जलविद्युत छ। यसको मूल्य १०६२ रुपैयाँ छ भने यसपछि रुरु हाइड्रोको छ। यसको मूल्य ९८६ रुपैयाँ छ। अघिल्लो साता रुरुको सेयर मूल्य सबैभन्दा महँगो थियो। यसपछि माउन्टेन इनर्जी ८६४ रुपैयाँ र अपर तामाकोशीको ७७१ रुपैयाँ छ।