भारततर्फ तस्करी भइरहेको डिजेलसहितको ट्रयाक्टर र चालक बारामा दसगजाबाट प्रहरीको नियन्त्रणमा 

बिजमाण्डू
२०७८ जेठ २९ गते ११:२७ | Jun 12, 2021
भारततर्फ तस्करी भइरहेको डिजेलसहितको ट्रयाक्टर र चालक बारामा दसगजाबाट प्रहरीको नियन्त्रणमा 


Tata
GBIME
Nepal Life

वीरगंज। बाराको नाकाबाट भारततर्फ ट्रयाक्टरमा डिजेल राखी तस्करी गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनी, नौतनबाट खटिएको प्रहरी टोलीले विश्रामपुर गाउँपालिका-३ बलिरामपुर टोलमा पर्ने नेपाल-भारत सीमाको दसगजाबाट डिजेल लोड गरेको ड्रमसहित उक्त ट्रयाक्टर नियन्त्रणमा लिएको हो। पूर्वसूचनाका आधारमा ट्रयाक्टरलाई रोक्न प्रहरीको संयुक्त टोली खटिएको थियो।

विश्रामपुर-३ का सकिल हुसेनले ना४त ३७२६ नम्बरको ट्रयाक्टरमा डिजेल लोड भारततर्फ लैजाँदै गरेको बेला शुक्रबार नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।  

ट्रयाक्टरको ८ लाख र लिटर डिजेलको ५३ हजार गरी ८ लाख ५३ हजारको मूल्यांकन गरेर कारबाहीका लागि प्रहरीले वीरगंज भन्सार कार्यालय पठाइएको जनाएको छ। भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालभन्दा उच्च छ। पारि महँगो हुँदा वारि र वारि महँगो भए पारिबाट सीमा क्षेत्रमा पेट्रोलियम पदार्थ तस्करी हुने गरेको प्रहरीले जनाएको छ।