कोकाकोलाले हिमालहरुबाट संकलन गर्‍यो २७.६ टन फोहोर, प्लास्टिक रिसाइकलिङ गर्ने प्रतिबद्धता

बिजमाण्डू
२०७८ जेठ २३ गते १७:३४ | Jun 6, 2021
कोकाकोलाले हिमालहरुबाट संकलन गर्‍यो २७.६ टन फोहोर, प्लास्टिक रिसाइकलिङ गर्ने प्रतिबद्धता

Tata
GBIME
Nepal Life

काठमाडौं। कोकाकोलाले हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण 'सफा हिमाल अभियान २०२१' समापन गरेको छ।

उक्त अभियानबाट २७ हजार ६ सय ७१ किलो फोहोरसँगै चारवटा शव संकलन भएको छ। उक्त अभियान सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुमा संकलन गरेको थियो। 

उक्त फोहोर थप सेग्रिगेसन र रिसाइकलिङ लागि काठमाडौंमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको कोकाकोलाले जनाएको छ। 

'नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरु विभिन्न हिमालहरुबाट निकालिए पछि सफलतापूर्वक सम्पन्न भयो। यो अभियान कोभिड–१९ महामारी र दुई वटा साइक्लोन टाउक्टे र यासको बाaजुद सफल भयो,' हिमाल सफा अभियानका निर्देशक एवम् नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले भने।

कोकाकोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९ देखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ।

वर्ल्ड विदआउट वेस्ट कार्यक्रम सन् २०१८ मा लन्च गरिएको कोकाकोलाले जनाएको छ। यो कार्यक्रमले सन् २०३० सम्ममा बिक्रीको १०० प्रतिशतको प्याकेजिङ बराबरको फोहोर संकलन गरी रिसायकल गर्ने कोकाकोलाको विश्वव्यापी प्रतिबद्धता रहेको बताइएको छ। 

'फोहोर व्यपस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतीलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिइटी बोतलहरु रिसाइकल गर्न धेरै पहल गरेका छौँ। हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सूचनामूलक पिईटी संकलन बिनहरुको स्थापना मार्फत् समुदायमा फोहोर अलग्याउने, प्याकेजिङ र रिसाइकलिङ सम्बन्धी जागरुकता सिर्जना गरेका छौँ,' बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने।