करिब ४९ हजारले लिए पुनर्कर्जा, सहुलियत ऋण पनि ९० हजारले लगे, ऋणको ब्याज निरन्तर घट्दै

बिजमाण्डू
२०७८ बैशाख २९ गते १६:२१ | May 12, 2021
करिब ४९ हजारले लिए पुनर्कर्जा, सहुलियत ऋण पनि ९० हजारले लगे, ऋणको ब्याज निरन्तर घट्दै


Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकहरुले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा ४८ हजार ८६० जनाले प्रयोग गरेका छन्। नेपाल राष्ट्र बैंकले बुधबार चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै उनीहरुले कुल १ खर्ब २३ अर्ब १४ करोड लगेको जनाएको छ।

सरकारको ब्याज अनुदानको ऋण ८९ हजार ८७९ जनाले लगेका छन्। उनीहरुले एक खर्ब ४२ अर्ब २ करोड तिर्न बाँकी रहेको छ। यसमध्ये कृषि तथा पशुपक्षी व्यवसायतर्फ ४२ हजार ४४७ जनाले ९६ अर्ब ६० करोड रुपैयाँ लगेका छन्। 

महिला उद्यमशील कर्जा ४५ हजार १२८ जनाले  ४२ अर्ब १६ करोड रुपैयाँ छ। सहुलियतको अन्तय शीर्षकमा २ हजार ३०४ जनाले ३ अर्ब २६ करोड लगेका छन्। राष्ट्र बैंकका अनुसार ब्याज दर घटेको छ। आधार दर ९.३६ प्रतिशतबाट ६.९ प्रतिशतमा आएको छ। निक्षेपको ब्याज दर ४.७९ मा आएको छ भने ऋणको ८.६१ प्रतिशतमा झरेको छ।

चैतसम्म २१६ संस्थाहरु मर्जर तथा प्राप्तिमा गएका छन्। यसमध्ये १६४ वटाको इजाजतपत्र खारेज भएको छ। मर्जरपछि ५२ संस्था कायम भएका छन्।