उच्च आयातले विदेशी मुद्रा सञ्चिति घट्न थाल्यो, चालु खाता घाटा २ खर्ब नाघ्यो, रेमिटेन्स सुधार

बिजमाण्डू
२०७८ बैशाख २९ गते ००:०० | May 12, 2021
उच्च आयातले विदेशी मुद्रा सञ्चिति घट्न थाल्यो, चालु खाता घाटा २ खर्ब नाघ्यो, रेमिटेन्स सुधार

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो वर्षको चैतको तुलनामा साढे १६ प्रतिशत बढी हो।

अमेरिकी डलरमा ६ अर्ब १९ करोड भित्रिएको छ। यो १३ प्रतिशतको वृद्धि हो। विदेशमा काम गर्न जाने र पुन: श्रम स्वीकृति लिनेहरु घटे पनि रेमिटेन्स भने बढिरहेको छ। 

चैतसम्म चालु खाता घाटा २ खर्ब ७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। आयात चुलिन थालेपछि चालु खाता घाटा बढ्न थालेको हो।

शोधनान्तर बचत पनि क्रमशः खुम्चिन थालेको छ। चैतमा ४२ अर्ब ५४ करोड बचत छ। अघिल्लो वर्षको तुलनामा भने यो बढी हो।

विदेशी मुद्राको सञ्चिति पनि क्रमश: घट्न थालेको छ। असार मसान्तसम्म १४ खर्ब एक अर्ब ८४ करोड सञ्चिति रहेकोमा चैतमा १४ खर्ब ३३ अर्ब २७ करोड रहेको छ। पछिल्ला महिनाहरुको तुलनामा यो कम हो।

चैतसम्म कुल आयात १३.१ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। निर्यात भने कुल ९४ अर्ब ७७ करोड रुपैयाँको मात्र भएको छ। यसले गर्दा व्यापार घाटा १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ।