बहराइनको राजपरिवारको टोली सगरमाथाको चुचुरोमा, ‘नयाँ उचाईपछिको पहिलो अन्तर्राष्ट्रिय आरोहण’

बिजमाण्डू
२०७८ बैशाख २८ गते ०९:१७ | May 11, 2021
बहराइनको राजपरिवारको टोली सगरमाथाको चुचुरोमा, ‘नयाँ उचाईपछिको पहिलो अन्तर्राष्ट्रिय आरोहण’


Tata
GBIME
Nepal Life

बहराइनका राजकुमारको टोलीले सगरमाथाको सफल आरोहण गरेका छन्। आज बिहान ५: ३० देखि ६:४५ बजेको बीचमा टोलीले सगरमाथाको चुचुरोमा पाइला राखेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।

'अहिले उहाँहरु चुचुरोबाट फर्कँदै हुनुहुन्छ, बिहान आरोहण सफल भएको हो,' अध्यक्ष शेर्पाले भने। आरोहण टोलीको नेतृत्व बहराइनका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका बहराइनका ३३ वर्षे राजकुमार शेख नसिद बिन हमाद अल खलिफाले गरेका हुन्।

सगरमाथाको नयाँ उचाई ८८४८.८६ भएसँगै बहराइनको राजकुमारको टोली पहिलोपटक चुचुरो पुग्ने अन्तर्राष्ट्रिय टोली बनेको सेभेन समिट ट्रेक्सले दाबी गरेको छ।

राजकुमारको टोलीलाई आरोहण प्रशिक्षण सेभेन समिट ट्रेक्सले दिएको थियो। आरोहण टोलीमा राजकुमारसहित बहराइनको रोयल गार्डका १२ सदस्य सहभागी भएको सेभेन ट्रेक्सले जनाएको छ। राजकुमारको टोलीलाई सगरमाथा पुर्‍याउन १९ वर्षीय टासी शेर्पा नेतृत्वको टोलीले साथ दिएका थिए।

बहराइनको राजकुमारको टोलि यसअघि गत भदौमा सगरमाथा आरोहण उद्देश्यका साथ नेपाल उत्रेका थिए

यसअघि यो टोलीले मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेका थिए।