संयुक्त सरकार गठनका लागि राष्ट्रपति भण्डारीद्वारा आह्वान, तीन दिनको समय प्रदान

बिजमाण्डू
२०७८ बैशाख २७ गते २१:३५ | May 10, 2021
संयुक्त सरकार गठनका लागि राष्ट्रपति भण्डारीद्वारा आह्वान, तीन दिनको समय प्रदान


Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार गठनका लागि आह्वान गरेकी छन्। संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान भएको हो। 

राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्मको समय दलहरुलाई प्रदान गरेकी छन्। 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका थिए। मत विभाजनको उक्त जानकारी संसदले राष्ट्रपति कार्यालय पठाएसँगै सरकार गठनका लागि आह्वान भएको हो। अब दुई वा सोभन्दा बढी दल मिलेर संविधानको धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रियामा सहभागी हुन सक्नेछन्। 

सोमबार प्रतिनिधि सभामा भएको मतदानको परिणाम अनुसार ७६(२) को अवस्थामा सरकार गठन हुनका लागि कठिन छ। गठबन्धन गरेर सरकार निर्माणका लागि आवश्यक १३६ सदस्य प्रधानमन्त्री ओली इतरको समूहसँग रहेको छैन।