गोल्छा समूहले कोरोना संक्रमितको उपचारलाई सघाउन पाटन अस्पताललाई दियो एक करोड रुपैयाँ

बिजमाण्डू
२०७८ बैशाख २७ गते २१:३२ | May 10, 2021
गोल्छा समूहले कोरोना संक्रमितको उपचारलाई सघाउन पाटन अस्पताललाई दियो एक करोड रुपैयाँ


Tata
GBIME
Nepal Life

काठमाडौं। गोल्छा ग्रुप पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन एक करोड सहयोग गरेको छ।

गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई एक करोड सहयोग हस्तान्तरण गरे। कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा प्रतिष्ठानले पाटन अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो।

अस्पतालले सधैं उत्कृष्ट कार्य गरेकाले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने उद्देश्यले समूहले यो सहयोग गरेको जनाएको हो। उक्त सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरुद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउन उपयोग गर्ने समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले कोरोनाको दोस्रो लहरबाट मुलुक अप्ठेरोमा परेको बताउँदै यो महामारीको घडीमा अस्पताललाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए। उनले गत लकडाउनमा सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पिसिआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरेर सरकारलाई दिएको बताए।

प्रतिष्ठानका उपकुलपति गोंगलले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गोल्छा समूहले दिएको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए।