काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारबाट ग्यास बिक्री थालेको छ।
कम्पनीले निषेधाज्ञालाई लक्षित गर्दै खाना पकाउने ग्यासको विक्री सुरु गरेको छ। ८० वटा सिलिण्डरबार साल्ट ट्रेडिङसँग किनेर बिक्री गर्न लागिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन। दुई साता अघि कोरोनाको महामारी फैलिएपछि उपभोक्तालाइ ग्यासको आपूर्ति सहज बनाउन कम्पनीले बिक्री थालेको हो। यसअघि कम्पनीले इन्डक्सन चुलो बिक्री गरेको थियो।
कम्पनीको चार वटा बिक्री केन्द्रबाट ग्यास बेच्न थालिएको छ। कम्पनीका अनुसार रामशाहपथ, सूर्यविनायक, नख्खु र थापाथलीबाट उपभोक्ताले ग्यास किन्न पाउनेछन्। कम्पनीले सिलिण्डरसहित ३५ सय रुपैयाँ र ग्यास मात्रै १४ सय रुपैयाँ तोकेको छ।
कम्पनीले शुक्रबारदेखि ब्राउन बासमति चामल बिक्री गर्न थालेको छ। यो किसानबाट सिधै धान खरिद गरेर कम्पनीले बजारीकरण गरेको हो। कम्पनीले ब्राउन बासमतिको मूल्य १ सय १० रुपैयाँ तोकेको छ। कम्पनीको बिक्री केन्द्रहरु थापाथली र नख्खु विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म तथा रामशाह पथ र सुुर्यविनायक बिहान ७- १० सम्म खुुुला हुने छन्।