सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो, सोमबार प्रतितोला सुनको मूल्य ९२ हजार पुग्यो

बिजमाण्डू
२०७८ बैशाख २७ गते ११:०२ | May 10, 2021


काठमाडौं। सुनको मूल्य सोमबार दुई सय रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

Tata
GBIME
Nepal Life

साताको पहिलो दिन आइतबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ भएको छ। आइतबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा कोरोनाका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएकाले मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८३३ .७९ डलर र चाँदी  प्रतिऔंस २७. ७१ डलरमा कारोबार भइरहेको छ।