एनबिआईले भन्यो-‘महामारीमा पनि राजनीतिक दल सत्ता राजनीतिमा लिप्त हुनु दुर्भाग्यपूर्ण’

बिजमाण्डू
२०७८ बैशाख २७ गते १०:३२ | May 10, 2021
एनबिआईले भन्यो-‘महामारीमा पनि राजनीतिक दल सत्ता राजनीतिमा लिप्त हुनु दुर्भाग्यपूर्ण’

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)ले कोरोना महामारीको राष्ट्रिय संकटको समयमा पनि राजनीतिक दलहरु सत्ता राजनीतिमा लाग्नु दुर्भाग्यपूर्ण भएको जनाएको छ।

एनबिआईले आइतबार विज्ञप्ति जारी गर्दै महामारीका बेलामा नेतृत्व गर्नुपर्ने वर्ग नै विभाजित भएर जनताको जीवनमाथि खेलवाड गरिएको जनाएको छ। ‘यो असाधारण परिस्थितिमा कोरोना नियन्त्रण, संक्रमितको उपचारको प्रबन्ध, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल वृद्धि लगायतका जनतासँग प्रत्यक्ष सम्बन्ध भएका मुद्दालाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरु  सरकार टिकाउने र गिराउने खेलमा केन्द्रित हुनु अत्यन्त दुर्भाग्यपूर्ण छ,’ एनबिआईका महासचिव सुरेन्द्रवीर मालाकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

एनबिआईले संकटपूर्ण अवस्थामा सबै राजनीतिक दल, निजी क्षेत्र एकजुट भएर महामारीका विरुद्धमा लड्न समेत आह्वान गरेको छ। एनबिआईको अध्यक्षमा कुशकुमार जोशी छन्।