बिराटनगर। मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवम् युवा उद्यमी सुनिल टिवडेवालाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ।
उद्यमी टिवडेवाला विगत एक हप्तादेखि विराट टिचिङ अस्पतालमा उपचाररत थिए।
उनका हाइटेक कार्पेट र एसटी फेब्रिक्स कार्पेट गरी दुई कार्पेट उद्योग सञ्चालनमा छन्। साथै नवीन डिस्टिब्युटर्स नामको व्यापारिक प्रतिष्ठानबाट उनी देशभरि इलेक्ट्रोनिक सामग्रीको आयात र कारोबार गर्दथे।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले ४५ वर्षको उमेरमै विराटनगरले सुनिलजस्तो एक असल, उत्साही र सक्षम उद्यमी गुमाएको बताए।