नेपाली पब्जी टिम डीआरएस गेमिङ विश्व वरीयताको शीर्ष १० मा, अन्य ५ टिम पनि परे वरीयतामा

बिजमाण्डू
२०७८ बैशाख २६ गते १२:१७ | May 9, 2021
नेपाली पब्जी टिम डीआरएस गेमिङ विश्व वरीयताको शीर्ष १० मा, अन्य ५ टिम पनि परे वरीयतामा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली पब्जी टिम डीआरएस गेमिङ विश्व वरीयताको शीर्ष १० मा उक्लिएको छ। ५०४ अंकसहित डीआरएस १०औं स्थानमा उक्लिएको हो।

डीआरएस गेमिङबाहेक अन्य ५ वटा नेपाली पब्जी टिम पनि वरीयतामा समावेश भएका छन्। नेपालकै कार्नेज स्पोर्टस् टिम ३५३ अंकसहित वरीयताको ३३ ‍औं स्थानमा उक्लिएको छ। २८४ अंकसहित डेडआइज् गाइ ५२ औं स्थानमा यथावत छ। 

यस्तै, वरीयता सुधार गर्दै २८० अंकसहित ५४ औं स्थानमा सेभन-सी स्पोर्ट्स र २७७ अंकसहित ५६ औं स्थानमा ट्रेन्ड टू किल समावेश भएका छन्।

२६६ अंकसहित स्काइलाइट्ज गेमिङ भने ६६ स्थानमा झरेको छ। वरीयतामा विश्वका ८० पब्जी टिमहरु समावेश गरिएको छ।

पब्जी टिमहरुले प्रतियोगिताहरुको स्तर (डिफिकल्टी लेबल) अनुसार अंक प्राप्त गर्ने गरेका छन्। एलिट प्लस, एलिट, प्रिमियम, स्ट्यान्डर्ड र नर्मल स्तर अनुसार अंक प्राप्त गर्ने गरेका छन्।