बिशाल बजार कम्पनीको सेयर मूल्य दुई दिनमै २१०० रुपैयाँ घट्यो, लगातार दोस्रो दिन नेगेटिभ सर्किट

बिजमाण्डू
२०७८ बैशाख २६ गते १२:२० | May 9, 2021
बिशाल बजार कम्पनीको सेयर मूल्य दुई दिनमै २१०० रुपैयाँ घट्यो, लगातार दोस्रो दिन नेगेटिभ सर्किट

Tata
GBIME
Nepal Life

काठमाडौं। लगातार १० कारोबार दिन सम्म १०/१० प्रतिशतले मूल्य बढेको बिशाल बजार कम्पनीको सेयर मूल्य पछिल्लो दुई दिनमा २१०० रुपैयाँ भन्दा बढी घटेको छ।

लामो समय सम्म कारोबार रोकिएको कम्पनीको सेयर १० दिन सम्म १०/१० प्रतिशतले मूल्य बढेपछि करिब ३ गुणा मूल्य उचालिएको थियो।

२८८० रुपैयाँमा रोकिएको कम्पनीको कारोबार खुलेपछि पहिलो कारोबारनै ३०२४ रुपैयाँमा भएको थियो।

कम्पनीको मूल्य लगातार बढेर ८२०८ रुपैयाँ सम्म पुगेको थियो। त्यसपछि भने लगातार मूल्य घट्दै आइतबार ६०४५ रुपैयाँमा कारोबार भइरहेको छ।