सनराइज बैंकका ग्राहकलाई सेवा दिन सेलपेसँग समझदारी, यस्तो सुविधा उपलब्ध हुन्छ

बिजमाण्डू
२०७८ बैशाख २४ गते १३:५८ | May 7, 2021
सनराइज बैंकका ग्राहकलाई सेवा दिन सेलपेसँग समझदारी, यस्तो सुविधा उपलब्ध हुन्छ

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रबर्द्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। 

सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेल कमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्। सेलकमले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ। 

ग्राहकले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन्। 

ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन्। यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन/पाउन, बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी, तथा सेयर कारोबारको भुक्तानी गर्न सकिने छ।