सबैको लघुवित्तको प्रमुख कार्यकारीमा पुन पौडेल नियुक्त, ५० हजार घरधुरीलाई तीन अर्ब बढि ऋण

बिजमाण्डू
२०७८ बैशाख २४ गते १३:४१ | May 7, 2021
सबैको लघुवित्तको प्रमुख कार्यकारीमा पुन पौडेल नियुक्त, ५० हजार घरधुरीलाई तीन अर्ब बढि ऋण

Tata
GBIME
Nepal Life

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा केशवकुमार पौडेल पुन नियुक्त भएका छन। शुक्रबार विहान बसेको वित्तीय संस्थाको सचालक समिति बैठकले २०७८ जेठ १ गतेवाट लागु हुने गरि थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो। 

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थावाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा बिभिन्न पद हुदैं प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरेको अनुभव छ। 

संस्था २०७४ असार ३० गतेबाट सञ्चालनमा आएको हो। 

संस्थाले ०७८ चेैत्र मसान्तसम्म ७ वटै प्रदेशका ३७ जिल्लाहरुमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरुको संजाल बिस्तार गरेको छ। 

करिब ५० हजार घरधुरीमा सेवाविस्तार गरेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा ३ अर्व १४ करोड ६४ लाख रहेको छ भने बचत ८१ करोड ८९ लाख रहेको छ।